एनपीएल सिजन ३ का उत्कृष्ट तीन खेलाडीलाई बजाज पल्सर एन १६० प्रदान

एनपीएल सिजन ३ का उत्कृष्ट तीन खेलाडीलाई बजाज पल्सर एन १६० प्रदान

काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को समापनसँगै बजाज पल्सरले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने तीन खेलाडीलाई 'पल्सर एन १६०' मोटरसाइकल प्रदान गरेको छ।

एनपीएल सिजन ३ को सह–प्रायोजक तथा आधिकारिक दुईपाङ्ग्रे सवारीसाधन साझेदार बजाज पल्सरले प्रतियोगितामा सर्वाधिक विकेट लिने रिजन ढकाल, सर्वाधिक रन बनाउने लोकेश बम र 'इमर्जिङ प्लेयर अफ द टुर्नामेन्ट' घोषित राहुल यादवलाई मोटरसाइकल प्रदान गरी सम्मान गरेको हो।

प्रतियोगिताभर खेलाडीहरूको प्रदर्शनलाई प्रोत्साहन गर्ने उद्देश्यले बजाज पल्सरले ‘पल्सर पावरप्ले च्याम्पियन’ पहलसमेत सञ्चालन गरेको थियो। यसअन्तर्गत प्रत्येक खेलको पहिलो ६ ओभर (पावरप्ले) मा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई २५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो। 

त्यस्तै, प्रतियोगिता अवधिभर सञ्चालन गरिएको 'पल्सर पावरप्ले प्रेडिक्शन गेम' मा क्रिकेट समर्थकहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो। 

नेपाली खेलकुदको विकासमा योगदान पुर्याउँदै प्रतिभाको पहिचान, खेल उपलब्धिको सम्मान र खेलाडी तथा समर्थकबिचको सम्बन्धलाई अझ बलियो बनाउने प्रतिबद्धतासहित बजाज पल्सर आगामी सिजन ४ र ५ मा पनि जोडिने जनाएको छ।

मंसिर ७, २०८३ सोमबार १५:५९:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।