ताजमहलमा प्रधानमन्त्री शाह र भारतका विदेशमन्त्रीबीच भेट

ताजमहलमा प्रधानमन्त्री शाह र भारतका विदेशमन्त्रीबीच भेट

काठमाडौं : दुई दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतका विदेशमन्त्री डा. एस. जयशंकरबीच नयाँ दिल्लीस्थित होटल ताजमहलमा शिष्टाचार भेटवार्ता भएको छ। शाह आइतबार भारत भ्रमणमा गएका हुन्।

दुबैबीचको भेटमा कनेक्टिभिटी, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धलगायतका क्षेत्रमा सहकार्यबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा शाह दुई दिने राजकीय भ्रमणका लागि भारत गएका हुन्। उनी भोली भारतीय प्रधानमन्त्री र राष्ट्रपतिसँगको भेटपछि स्वदेश फर्कने छन्।

मंसिर ६, २०८३ आइतबार २०:१४:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।