नागढुङ्गा सुरुङमार्गमा टोल तिर्न गाडी रोक्न नपर्ने, कुमारी बैंकले ल्यायो स्वचालित रूपमा शुल्क कट्ने प्रणाली ‘एन-ट्याग’
काठमाडौं : कुमारी बैंकले नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि स्वचालित विद्युतीय टोल भुक्तानी प्रणाली ‘एन-ट्याग’ वितरण सुरु गरेको छ।
टोल बुथमा नरोकिई सवारी आवागमन सहज बनाउन ल्याइएको ‘एन-ट्याग’ गाडीको अगाडि टाँसिने विद्युतीय स्टिकर हो। सुरुङमार्गको शुल्क काउन्टर पार गर्दा उक्त प्रणालीमार्फत स्वचालित रूपमा शुल्क कट्टा हुन्छ। एन-ट्यागले बुथमा लाइन बस्नुपर्ने बाध्यतालाई अन्त्य गर्न मद्दत पुग्ने बैंकको विश्वास छ।
सेवा लिन चाहनेले सवारीसाधनको ब्लुबुक, नागरिकता वा राष्ट्रिय परिचयपत्र, पासपोर्ट साइजको फोटो र मोबाइल नम्बरसहित कुमारी बैंकको नजिकको शाखामा सम्पर्क गर्न आग्रह गरेको छ। साथै बैंकको आधिकारिक वेबसाइटमार्फत अनलाइन दर्ता प्रक्रिया पूरा गरेरसमेत ‘एन-ट्याग’ लिन सक्ने व्यवस्था मिलाइएको बैंकले जनाएको छ।
मंसिर ६, २०८३ आइतबार १५:३३:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।