लक्ष्मी सनराइज बैंक इन्भिटेसनल गल्फको उपाधि दीपक कुमार कार्कीलाई
काठमाडौं : गोकर्ण गल्फ क्लबमा शनिबार सम्पन्न ‘लक्ष्मी सनराइज बैंक इन्भिटेसनल गल्फ प्रतियोगिता’को उपाधि दीपक कुमार कार्कीले जितेका छन्। १४ ह्यान्डिक्यापमा खेलेका कार्कीले ४१ स्टेबलफोर्ड अंक जोड्दै उपाधि हात पारेका हुन् भने २ ह्यान्डिक्यापका टासी डोङ उपविजेता बने।
प्रतियोगितामा ३७ ग्रस अंकसहित नोर्बु छिरिङ शेर्पाले ‘बेस्ट ग्रस’को उपाधि जिते। महिलातर्फ ३४ अंक जोड्दै अन्जिला योन्जन विजेता र ३३ अंकसहित बिपना श्रेष्ठ उपविजेता बनिन्। त्यस्तै, ६० वर्षमाथिको सिनियरतर्फ ३४ अंक बटुलेर प्रकाश एसजेबी राणा पहिलो तथा ३३ अंकसहित पूर्णमान शाक्य दोस्रो भए।
विधागत पुरस्कारतर्फ विजय श्रेष्ठ इनहाउसले ‘लङ्गेस्ट ड्राइभ’, रोबिन राणाले ‘क्लोजेस्ट टु द पिन’ र ६ बर्डी प्रहार गरेका टासी डोङले ‘मोस्ट बर्डीज’को उपाधि पाए। बैंकको रङ झल्किने पहिरन लगाएका विजय बहादुर श्रेष्ठ र आत्माराम सिम्खडाले ‘एलिगेन्ट गल्फर’को पुरस्कार प्राप्त गरे।
तीन चौथाइ (३/४) ह्यान्डिक्याप स्टेबलफोर्ड फर्म्याटमा खेलाइएको प्रतियोगितामा ११ महिलासहित कुल ११२ गल्फरले प्रतिस्पर्धा गरेका थिए।
मंसिर ६, २०८३ आइतबार ११:३६:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।