तीन देशका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ

तीन देशका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।

राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित समारोहमा भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतहरुले पद तथा गोपनीयतको शपथ लिएका हुन्।

राष्ट्रपति पौडेलसमक्ष भारतका लागि राजदूत डा. निश्चलनाथ पाण्डे, जनवादी गणतन्त्र चीनका लागि डा. कल्याणराज शर्मा र इजरायलका लागि राजदूत सुरेशकुमार कर्णले पद तथा गोपनीयताको शपथ लिए।

समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो।

कात्तिक ३०, २०८३ सोमबार १३:४१:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।