वडा प्रहरी कार्यालयको परिसरमै कुटाकुट, भिडियो भाइरल भएपछि ६ जना पक्राउ

वडा प्रहरी कार्यालयको परिसरमै कुटाकुट, भिडियो भाइरल भएपछि ६ जना पक्राउ

महेन्द्रनगर : कञ्चनपुरको महेन्द्रनगरस्थित वडा प्रहरी कार्यालय परिसरमा आइतबार कुटाकुट गरेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। झै-झगडाको विषयलाई लिएर वडा प्रहरी कार्यालय अगाडि दुई पक्षबिच कुटाकुट भएको थियो।

प्रहरी कार्यालय परिसरमै कुटाकुट भएको भिडियो सामाजिक सञ्जालमा चर्चाको विषय बनेपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले प्रेस विज्ञप्ति जारी गरेर उक्त विवादमा संलग्नहरूलाई पक्राउ गरेर आवश्यक अनुसन्धान थालिएको जनायो। 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार भीमदत्त नगरपालिका-५ का ५ जना र भीमदत्त नगरपालिका-१७ का एक जनालाई पक्राउ गरिएको छ।

पक्राउ पर्नेमा भीमदत्त नगरपालिका-५ का ५८ वर्षीय रामबहादुर लुहार, २२ वर्षीय राजेश लुहार, २२ वर्षीय रोशन लुहार, २७ वर्षीया निशा लुहार, २६ वर्षीय रोहित लुहार र भीमदत्त नगरपालिका-१७ का २५ वर्षीय विशाल कोली रहेका रावतले जानकारी दिए। 

कात्तिक २९, २०८३ आइतबार २१:४९:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।