सुदूरपश्चिमविरुद्ध काठमाडौंले टस जित्यो

सुदूरपश्चिमविरुद्ध काठमाडौंले टस जित्यो

काठमाडौं : राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको पहिलो खेलमा काठमाडौं गोर्खाजले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो १२:३० बजे सुरु हुने खेलमा काठमाडौंका कप्तान करण केसीले टस जितेर सुदूरपश्चिमलाई पहिले ब्याटिङको निम्तो दिएका हुन्।

समान ८-८ अंक जोडेका काठमाडौं र सुदूरपश्चिम हाल अंकतालिकाको क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। आजको विजेता टोली १० अंकसहित शीर्ष स्थानमा उक्लिँदै प्लेअफमा स्थान पक्का गर्ने भएकाले दुवै टोलीका लागि यो खेल महत्त्वपूर्ण छ।

लिग चरणको अन्तिम खेल खेल्न लागेको सुदूरपश्चिमलाई जितले सिधै प्लेअफ पुर्याउनेछ भने पाँच खेल खेलेको काठमाडौँलाई आजको जितले शीर्ष स्थानमा पुग्ने अवसर दिलाउनेछ।

आजको खेलमा सुदूरपश्चिमका विदेशी स्टार सेरफेन रदरफोर्ड उपलब्ध छैनन् भने आजै टोलीमा अनुबन्ध भएका श्रीलङ्काली ब्याटर थनुका मधुशन (दबारे) वैकल्पिक खेलाडी (बेन्च) मा रहेका छन्।

दुवै टोलीको प्लेइङ-११:
काठमाडौं गोर्खाज :
करण केसी (कप्तान), भीम सार्की, रशिद खान, मोहम्मद आदिल आलम, सन्तोष यादव, साहिल पटेल (विकेटकिपर), गणेश गौतम, दुशान हेमन्त, सहान अराच्चिगे, जहानदाद खान र स्यामुअल हेजलेट।

सुदूरपश्चिम रोयल्स : दीपेन्द्रसिंह ऐरी (कप्तान), विनोद भण्डारी (विकेटकिपर), आरिफ शेख, इशान पाण्डे, हेमन्त धामी, अनिल खरेल, दीपक बोहरा, ब्रान्डन म्याकमुलेन, स्कट कुगेलाइन, थरिन्दु रत्नायके र फाबियान एलेन।

कात्तिक २७, २०८३ शुक्रबार १२:१६:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।