खानामा साङ्लो भेटिएपछि वीरगञ्जको बिरयानी हाउसलाई जरिवाना
वीरगञ्ज : बिरयानीमा मरेको साङ्लो भेटिएपछि वीरगञ्जको एक होटललाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ।
वीरगञ्ज महानगरपालिका-२ छपकैयास्थित ‘सामा मुरादावादी एन्ड हैदरावादी बिरयानी हाउस’ मा ग्राहकले खाइरहेको खानामा मरेको साङ्लो फेला परेपछि प्रशासनले उक्त कारबाही गरेको हो।
खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी मापदण्ड उल्लङ्घन गरेको पाइएपछि होटललाई जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले जानकारी दिए।
कात्तिक २६, २०८३ बिहीबार १६:१७:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।