धुलिखेल–बनेपा सडकखण्डमा दुई बस आपसमा ठोक्किँदा २५ यात्रु घाइते
काभ्रेपलाञ्चोक : धुलिखेलबाट बनेपातर्फ आउँदै गरेको र विपरीत दिशाबाट जाँदै गरेको दुई यात्रुवाहक बस एक आपसमा ठोक्किँदा २५ जना यात्रु घाइते भएका छन्।
बिहीबार बिहान अन्दाजी ११:४० बजे बा ५ ख २९७ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको बा ३ ख ५०६४ नम्बरको बस आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएकाहरूमध्ये २१ जनालाई उपचारका लागि बनेपास्थित शीर मेमोरियल अस्पताल लगिएको छ भने ४ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।
घाइतेमध्ये ६ जनाको अवस्था मध्यम रहेको छ भने अन्य १९ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
दुर्घटनालगत्तै प्रहरीले दुवै बस र बसका चालकहरूलाई नियन्त्रणमा लिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कात्तिक २६, २०८३ बिहीबार १५:४७:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।