झापामा सिटी सफारीको ठक्करबाट ७० वर्षीया वृद्धाको मृत्यु

झापामा सिटी सफारीको ठक्करबाट ७० वर्षीया वृद्धाको मृत्यु

भद्रपुर : झापाको मेचीनगरमा सिटी सफारीको ठक्करबाट स्थानीय ७० वर्षीया वृद्धाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मेचीनगर नगरपालिका–१५ स्थित चौधरी चोकमा बुधबार साँझ सफारीको ठक्करबाट लटन राजवंशीको मृत्यु भएको हो।

बुधबार साँझ सफारीको ठक्करबाट टाउकामा गम्भीर चोट लागेर घाइते भएकी राजवंशीलाई तत्काल उपचारका लागि भद्रपुरस्थित ओमसाई पाथिभरा अस्पताल लगिएको थियो। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको हो।

दुर्घटनालगत्तै प्रहरीले सफारीका चालक मेचीनगर–१५ कै ५९ वर्षीय मोहन राजवंशीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिए। 

कात्तिक २६, २०८३ बिहीबार १४:०५:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।