कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

काठमाडौं : नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लागेको छ। 

बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने छ। 

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै कोशी र बागमती प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभाग र बाँकी प्रदेशका हिमाली भूभागमा आंशिक बादल लाग्नेछ। अन्य भूभागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

कात्तिक २२, २०८३ आइतबार ०७:५९:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।