निषेधित क्षेत्रमा प्रवेश गरेपछि चार मेक्सिकन पदयात्री र ट्राभल्स एजेन्सीमाथि कारबाही

निषेधित क्षेत्रमा प्रवेश गरेपछि चार मेक्सिकन पदयात्री र ट्राभल्स एजेन्सीमाथि कारबाही

काठमाडौं : अध्यागमन विभागले निषेधित तल्लो डोल्पा क्षेत्रमा पदयात्रा अनुमति नलिई प्रवेश गर्ने मेक्सिकोका चार जना नागरिकलाई कारबाही गरेको छ।

उनीहरूलाई पदयात्रा अनुमति लिँदा लाग्ने दस्तुर प्रतिव्यक्ति प्रतिहप्ता अमेरिकी डलर २० र जनही १० हजारका दरले जरिवाना गरिएको विभागका प्रवक्ता गीता घिमिरेले जानकारी दिइन्।

निषेधित क्षेत्रमा अनुमति नलिई मेक्सिकन नागरिक प्रवेश गरेको भनी जिल्ला प्रशासन कार्यालय डोल्पाले आवश्यक कारबाहीका लागि पत्राचार गरेको थियो। विभागले प्रचलित कानुन पालना नगरेको भन्दै ट्राभल्स एजेन्सी माउन्ट रोज टुर्स एण्ड ट्राभल्सलाई ५० हजार जरिवाना गरेको छ।

निषेधित क्षेत्रमा पदयात्रा गर्दा अनिवार्य रूपमा अनुमति लिन विभागले निर्देशन दिएको छ। नेपालको पदयात्रा पर्यटनलाई सुरक्षित, व्यवस्थित तथा मर्यादित बनाउन पदयात्रासम्बन्धी कानुनी प्रावधान र अनुमति प्रणालीको पूर्ण पालना गर्नु अनिवार्य रहेको विभागले जनाएको छ।

कात्तिक २०, २०८३ शुक्रबार १७:२२:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।