घट्यो सेयर बजार, ४ अर्ब ७२ करोडको कारोबार
काठमाडौं : बिहीबार सेयर बजार दोहोरो अंकले घटेको छ। अघिल्लो दिन १.४० अंक बढेको नेप्से परिसूचक यसदिन १२.९५ अंक घटेर २६५२ विन्दुमा कायम भयो।
कारोबार रकम पनि कमी घटेको छ। अघिल्लो दिन ७ अर्ब ४३ करोडको कारोबार भएकोमा आज ४ अर्ब ७२ करोडको भयो। ५६ कम्पनीको मूल्य बढ्दा २११ को घट्यो भने १२ को स्थिर रह्यो।
यसदिन माइक्रोफाइनान्सबाहेक सबै समूहका उपसूचक घटेका छन्। माइक्रोफाइनान्स ०.०९ प्रतिशत बढ्यो। बैंकिङ ०.५७, विकास बैंक ०.७०, फाइनान्स ०.५०, होटल तथा पर्यटन ०.४२, जलविद्युत् ०.६७, लगानी ०.२९, जीवन बीमा ०.४६, उत्पादन तथा प्रशोधन ०.६२, निर्जीवन बीमा ०.३९, अन्य ०.४८ तथा व्यापार ०.१४ प्रतिशत घटे।
आज धेरै कारोबार भएका कम्पनिमा आँखुखोला जलविद्युत् कम्पनी, नेपाल पुनर्बीमा, घलेम्दी हाइड्रोपावर, अपी पावर र एनआईसी एसिया बैंक छन्।
कात्तिक १९, २०८३ बिहीबार १५:२४:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।