नेप्से १.४० अंकले बढ्यो, ७ अर्ब ४३ करोडको कारोबार
काठमाडौं : बुधबार पनि सेयर बजारमा झिनो अंकको सुधार देखिएको छ। अघिल्लो दिन ६.६२ अंक बढेको नेप्से परिसूचक आज १.४० अंक बढेर २६६५ बिन्दुमा रोकियो।
यसदनि कारोबार रकम बढेको छ। अघिल्लो दिन पाँच अर्ब ६५ करोडको कारोबार भएकोमा आज साथ अर्ब ४३ करोडको भयो। आज ९८ कम्पनीको मूल्य बढ्दा १७१ को घट्यो भने ९ कम्पनीको मूल्य स्थिर रह्यो।
आज अन्य समूह सबैभन्दा धेरै ६.१८ प्रतिशत बढ्यो। त्यस्तै व्यापार १.११, जीवन बीमा ०.१० प्रतिशत बढे। बैंकिङ ०.८२, विकास बैंक ०.४४, फाइनान्स ०.८२, होटल तथा पर्यटन ०.७४, जलविद्युत् ०.६८, लगानी ०.४५, उत्पादन तथा प्रशोधन ०.२८, माइक्रोफाइनान्स ०.२० तथा निर्जीवन बीमा ०.१३ प्रतिशत घटे।
नेपाल पुनर्बीमा कम्पनीको मूल्य १५ प्रतिशत बढ्यो। यस्तै, हिमालयन रिइन्स्योरेन्सको मूल्य ११.४८ प्रतिशतले बढ्यो। आज धेरै कारोबार भएका कम्पनीमा स्वेतगंगा हाइड्रोपावर, घोराही सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स, एनआईसी एसिया बैंक र शिवम् सिमेन्ट,छन् ।
कात्तिक १८, २०८३ बुधबार १५:४४:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।