पोखरामा ३ हजारभन्दा बढी दर्शकमाझ ‘पल्सर आरपीएम’ सम्पन्न
काठमाडौं : बजाज पल्सरको युवाकेन्द्रित लोकप्रिय कार्यक्रम ‘पल्सर आरपीएम’को पोखरा संस्करण ३ हजारभन्दा बढी दर्शकको उत्साहजनक सहभागितासहित सम्पन्न भएको छ।
कात्तिक १४ गते पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा आयोजित कार्यक्रममा पल्सर एन१६० मार्फत रोमाञ्चक मोटरसाइकल स्टन्ट प्रस्तुत गरिएको थियो।
साथै फ्रिस्टाइल र स्टाटिक्स विधामा क्यालिस्थेनिक्स प्रतियोगिता, बीएमएक्स राइडिङ, स्केटबोर्डिङ, ब्रेकिङ डान्स, आर्म रेस्लिङ र ग्राफिटी आर्टिस्टहरूको कला प्रदर्शन गरिएको थियो।
कार्यक्रममा डिजे जेन्टल-जीको प्रस्तुति तथा दर्शकका लागि पल्सर एन१६० र एनएस२०० मोटरसाइकलको टेस्ट राइडको समेत व्यवस्था गरिएको थियो।
काठमाडौं र बुटवलपछि पोखरामा आयोजित यस संस्करणले नेपालमा ‘स्ट्रिट कल्चर’ तथा एक्सन स्पोर्ट्सको प्रवर्द्धनमा टेवा पुर्याएको आयोजकले जनाएको छ।
कार्यक्रममा स्टन्ट राइडर रबिन श्रेष्ठले पोखरेली दर्शकको माया र साथप्रति आभार व्यक्त गरेका थिए।
कात्तिक १९, २०८३ बिहीबार ११:२६:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।