चितवनको जलविरे झरनाबाट फर्किने क्रममा कार खोलामा खस्दा एक जनाको मृत्यु

चितवनको जलविरे झरनाबाट फर्किने क्रममा कार खोलामा खस्दा एक जनाको मृत्यु

नारायणगढ : चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित जलविरे झरनाको खोलामा कार खस्दा एक जनाको मृत्यु भएको छ।

बुधबार दिउँसो झरनाबाट फर्किने क्रममा डब्लुबी ०२ एपी ३४५८ नम्बरको भारतीय कार अनियन्त्रित भई खोलामा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार दुर्घटनामा एक पुरुषको घटनास्थलमै मृत्यु भएको हो। मृतकको साथबाट भारतको पश्चिम बङ्गालस्थित कालिम्पोङको ठेगाना उल्लेख भएको ४१ वर्षीय सायन्तन गायेन नामको राहदानी फेला परेको छ।

प्रारम्भिक अनुसन्धानमा कारमा एक जना मात्र सवार रहेको खुलेको प्रहरीले जनाएको छ। मृतकको पहिचान तथा दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कात्तिक १८, २०८३ बुधबार १७:३९:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।