एकैदिन तोलामा १३ हजार तीन सय रूपैयाँ बढ्यो सुनको मूल्य

एकैदिन तोलामा १३ हजार तीन सय रूपैयाँ बढ्यो सुनको मूल्य

काठमाडौं : नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ। 

यसदिन सुनको मूल्य  तोलामा १३ हजार तीन सय रूपैयाँ बढेर दुई लाख ८८ हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जजनाएको छ।

बुधबार सुन प्रतितोला दुई लाख ७५ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो। 

यस्तै, बिहीबार चाँदीको मूल्य पनि प्रतितोला दुई सय ६५ रूपैयाँ बढेको।

बुधबार प्रतितोला तीन हजार ६ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा तीन हजार नौ सय २० रूपैयाँमा किनबेच भइरहेको छ।

कात्तिक १९, २०८३ बिहीबार ११:०९:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।