डोल्पाको शे-फोक्सुण्डो क्षेत्रमा भारी हिमपात, एक फिट हिउँ जम्दा जनजीवन प्रभावित
सुर्खेत : हिमाली जिल्ला डोल्पाको शे-फोक्सुण्डो गाउँपालिका क्षेत्रमा गए रातिदेखि भारी हिमपात भएको छ।
गाउँपालिकाअन्तर्गत पर्ने नाङखोङ र भिजेर आसपासका क्षेत्रमा निरन्तर हिमपात हुँदा शनिबार बिहानसम्म करिब एक फिट हिउँ जमेको छ।
स्थानीयका अनुसार शुक्रबार राति करिब ९-१० बजेदेखि सुरु भएको हिमपात शनिबार बिहानसम्म निरन्तर जारी रहेको थियो।
लगातार हिउँ परेपछि बिहान ९ बजेसम्म उक्त क्षेत्र सेताम्मे हुनुका साथै करिब एक फिट बाक्लो हिउँ जम्मा भइसकेको छ।

उच्च हिमाली क्षेत्रमा परेको बाक्लो हिमपातसँगै त्यस भेगमा अत्यधिक चिसो बढेको छ।
हिमपातका कारण स्थानीय बासिन्दाको दैनिक जनजीवन प्रभावित बन्नुका साथै आवतजावत र चौपाया चराउनसमेत समस्या भएको छ। अत्यधिक चिसोका कारण स्थानीयहरू घरबाहिर निस्कन नसक्दा जनजीवन कष्टकर बनेको छ।
कात्तिक १४, २०८३ शनिबार १०:१४:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।