एनपिएलको स्वास्थ्य साझेदारका रूपमा क्यान र आर्य फर्माल्याबबीच तीन वर्षे सम्झौता
काठमाडौं : आर्य फर्माल्याबले स्थापनाको ३०औँ वर्ष प्रवेशको अवसरमा नेपाल क्रिकेट संघ (क्यान) सँग नेपाल प्रिमियर लिग (एनपिएल) को स्वास्थ्य साझेदारका रूपमा तीन वर्षे सहकार्य सम्झौता गरेको छ।
क्रिकेटमार्फत स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने तथा खेलकुद र जनस्वास्थ्यबीचको सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले उक्त सम्झौता गरिएको आर्य फर्माल्याबले जनाएको छ।
एनपिएलका खेलहरू सञ्चालन हुने त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आर्य फर्माल्याबले स्वास्थ्य परामर्श, आधारभूत स्वास्थ्य परीक्षण कक्ष तथा जनचेतनामूलक र मनोरञ्जनात्मक गतिविधिहरू सञ्चालन गर्नेछ।
यसै क्रममा, खेलाडीको उत्कृष्ट प्रदर्शन र खेल भावनालाई प्रोत्साहन गर्न ‘हेल्दी पार्टनरसिप अवार्ड’मार्फत प्रत्येक खेलका दुई खेलाडीलाई जनही २५-२५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। दर्शकहरूको उत्साह र सहभागिता बढाउन प्रत्येक खेलमा एक जना दर्शकलाई २० हजार रुपैयाँको ‘हार्टबिट मुमेन्ट अफ द म्याच’ अवार्ड प्रदान गरिनेछ।
कात्तिक १२, २०८३ बिहीबार १९:४८:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।