सुनको मूल्य बढ्यो, चाँदी भने सस्तियो

सुनको मूल्य बढ्यो, चाँदी भने सस्तियो

काठमाडौं : नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ भने चाँदी घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन सुनको मूल्य प्रतितोला तीन सय रूपैयाँ बढेर दुई लाख ८३ हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ। 

बुधबार सुन प्रतितोला दुई लाख ८३ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो। 

यस्तै, बिहीबार चाँदीको मूल्य भने घटेको छ। यसदिन चाँदी तोलामा ५० रूपैयाँ घटेर तीन हजार नौ सय ३० रूपैयाँमा किनबेच भइरहेको छ।

बुधबार चाँदी प्रतितोला तीन हजार नौ सय ८० रूपैयाँमा कारोबार भएको थियो।

कात्तिक १२, २०८३ बिहीबार ११:१५:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।