स्मार्टफोनको आयात बढ्यो, असोजमा मात्रै ९ अर्ब ७ करोडको भित्रियो
काठमाडौं : असोज महिनामा नेपालमा स्मार्टफोनको आयात बढेको छ। चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा मात्रै ९ अर्ब ७ करोड रुपैयाँभन्दा बढी मूल्यका ३ लाख ८६ हजारभन्दा बढी स्मार्टफोन आयात भएका छन्।
भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउन र भदौमा ४ लाख २५ हजार थान स्मार्टफोन आयात भएका थिए। साउनदेखि असोजसम्म नेपालमा १८ अर्ब ८१ करोड ५२ लाख रुपैयाँ बराबरका स्मार्टफोन भित्रिएका छन्।
गत आर्थिक वर्षको सोही अवधिमा भने नेपालमा करिब १३ अर्ब ६२ करोड रुपैयाँ मूल्यका ८ लाख ४ हजार थान स्मार्टफोन आयात भएका थिए।
तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा स्मार्टफोन आयातमा बाहिरिएको रकम गत वर्षको सोही अवधिको तुलनामा उल्लेख्य रूपमा बढेको छ।
कात्तिक ११, २०८३ बुधबार १७:५८:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।