सेयर बजारमा हरियाली : ३१ अंक बढ्यो नेप्से, ८ अर्ब ५७ करोडको कारोबार
काठमाडौं : बिहीबार पनि सेयर बजार दोहोरो अंकले बढेको छ। यसदिन नेप्से परिसूचक ३१.५४ अंकले बढेर २६९५ विन्दुमा कायम भयो। अघिल्लो दिन पनि नेप्से ३३ अंक बढेको थियो।
कारोबार रकम पनि बढेको छ। हिजो सात अर्ब ४५ करोडको कारोबार भएकोमा आज आठ अर्ब ५५ करोडको भयो। आज १८१ कम्पनीको मूल्य बढ्दा ९१ को घट्यो भने ६ कम्पनीको मूल्य स्थिर रह्यो।
यसदिन सबै समूहका उपसूचक बढेका छन्। बैंकिङ २.२८, विकास बैंक १५५, फाइनान्स १.६९, होटल तथा पर्यटन २.०५, जलविद्युत् ०.३६, लगानी ०.२४, जीवन बीमा ०.६८, उत्पादन तथा प्रशोधन ०.५१, माइक्रोफाइनान्स ०.५४, निर्जीवन बीमा ०.१३, अन्य २.४५ तथा व्यापार ०.०३ प्रतिशत बढे।
हालै सूचीकृत बेनी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १५ प्रतिशत बढ्यो। आज धेरै कारोबार भएका कम्पनीमा घलेम्दी हाइड्रोपावर, सिद्धार्थ बैंक, लक्ष्मी सनराइज बैंक, कुमारी बैंक, ग्रिन भेन्चर्स र सोलु हाइड्रोपावर छन्।
कात्तिक १२, २०८३ बिहीबार १६:१७:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।