विराटनगरले कर्णालीलाई दियो १८७ रनको लक्ष्य

विराटनगरले कर्णालीलाई दियो १८७ रनको लक्ष्य

काठमाडौं : विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत बिहीबार भएको खेलमा कर्णाली याक्ससामु एक सय ८७ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। जारी प्रतियोगितामा यो ठूलो योगफल हो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै एक सय ८६ रन बनायो। विराटनगरका लागि लोकेश बमले ८७ रनको इनिङ्स खेले। एन्जेलो म्याथ्युज (३१ रन) सँग उनले चौथो विकेटका लागि ७१ रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए। 

त्यस्तै, आन्द्रे रसेलले १५ बलमा आक्रामक २७ रन जोड्दा बसिर अहमदले १३ रन बनाए। कर्णालीका कप्तान सोमपाल कामीले ४ ओभरमा ३३ रन खर्चेर ४ विकेट लिए। मार्क वाट र नन्दन यादवले १-१ विकेट हात पारे।

पहिलो खेलमा जित निकालेको कर्णाली लगातार दोस्रो जितको खोजीमा छ भने पहिलो खेल गुमाएको विराटनगर पहिलो जित निकाल्ने दाउमा छ।

कात्तिक १२, २०८३ बिहीबार १९:०३:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।