काठमाडौंमाथि जनकपुरको ८ विकेटको सहज जित

काठमाडौंमाथि जनकपुरको ८ विकेटको सहज जित

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गोर्खाजमाथि ८ विकेटको सहज जित निकालेको छ। काठमाडौंले प्रस्तुत गरेको ११६ रनको लक्ष्य जनकपुरले १७.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको काठमाडौं १९.३ ओभरमा ११५ रनमै अलआउट भएको थियो। उसका लागि भीम सार्कीले ३३, रशिद खानले १७, स्मित पटेलले १३ र सुमित महर्जनले १० रन बनाए। 

काठमाडौंलाई सस्तैमा समेट्न जनकपुरका राहुल यादवले ४ ओभरमा ३१ रन खर्चेर ४ विकेट लिए। त्यस्तै सैफ हसनले २ तथा मोइन अली, ललित राजवंशी र हरमीत सिंहले १-१ विकेट हात पारे।

जवाफी ब्याटिङमा जनकपुरका मोइन अलीले ५१ बलमा ३ चौका र ३ छक्कासहित अविजित ५८ रनको अर्धशतकीय इनिङ्स खेले। उनलाई साथ दिँदै सैफ हसनले ३९ बलमा अविजित ४० रन बनाएपछि दुवैबीच तेस्रो विकेटका लागि ७९ रनको म्याच-विनिङ साझेदारी बन्यो।

त्यसअघि मयान यादव ९ र त्रितराज दास ५ रनमा आउट भएका थिए। काठमाडौंका तर्फबाट रिपन मण्डलले १ विकेट लिए।

कात्तिक १२, २०८३ बिहीबार १६:०७:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।