भीमफेदीमा बसको ठक्करबाट बाटो काट्दै गरेकी महिलाको मृत्यु

भीमफेदीमा बसको ठक्करबाट बाटो काट्दै गरेकी महिलाको मृत्यु

हेटौँडा : मकवानपुरको भीमफेदी गाउँपालिका–८ इपादेउरालीमा आज बिहान बसको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ।

सडक पार गर्ने क्रममा तीव्र गतिमा आएको बसले ठक्कर दिँदा ६३ वर्षीया लीलादेवी खत्रीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्याम खत्रीले जानकारी दिए। 

दुर्घटनापछि प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।

कात्तिक १२, २०८३ बिहीबार ११:४३:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।