कांग्रेसका नवनिर्वाचित पदाधिकारी र सदस्यहरूको शपथग्रहण बिहीबार

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र सदस्यहरूको शपथग्रहण बिहीबार

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथग्रहण बिहीबार हुने भएको छ।

केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार पार्टीको केन्द्रीय कार्यालय सानेपामा बिहीबार दिउँसो २ बजे शपथग्रहण समारोह आयोजना गरिने छ। नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई समारोहमा उपस्थित हुन भनिएको छ।

यसअघि सभापति गगनकुमार थापाले फूलपातीको दिन पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुका साथै पदबहाली गरिसकेका छन्। सभापतिमा निर्वाचित हुँदा थापाले ६ हजार ५८४ मत प्राप्त गरेका थिए भने उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत ल्याएका थिए।

नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको शपथपछि पहिलो केन्द्रीय समिति बैठक बस्ने तयारी छ।  

कात्तिक ९, २०८३ सोमबार १४:००:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।