कपिलवस्तुमा लागूऔषध कारोबारमा संलग्न ३० जना पक्राउ, ठूलो परिमाणमा लागूऔषध बरामद

कपिलवस्तुमा लागूऔषध कारोबारमा संलग्न ३० जना पक्राउ, ठूलो परिमाणमा लागूऔषध बरामद

कपिलवस्तु : कपिलवस्तुमा चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि हालसम्म लागूऔषध कारोबारमा संलग्न ३० जना अभियुक्तहरू पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार सो अवधिमा दर्ता भएका १५ वटा मुद्दाका आधारमा २३ पुरुष र सात महिला गरी कुल ३० जनालाई पक्राउ गरिएको हो।

प्रहरीले उनीहरूको साथबाट २१ ग्राम २१० मिलिग्राम खैरो हेरोइन, पाँच किलो २२५ ग्राम चरेस, १० किलो ३६४ ग्राम अफिम र १३० ग्राम गाँजा बरामद गरेको छ। यसका साथै २० वटा नाइट्राभेट, आठ वटा स्पास्मो ट्याब्लेट र एक बोतल कोडिन सिरफसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

यसैबीच, प्रहरीले गएराति शिवराज नगरपालिका–२ हल्लानगरबाट खैरो हेरोइन जस्तो देखिने पदार्थसहित २३ वर्षीया अस्मिता बोहरालाई पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय चन्द्रौटाको टोलीले बोहराको घरमा खानतलासी गर्दा सो लागूऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले जानकारी दिए। 

कात्तिक ९, २०८३ सोमबार १३:००:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।