‘राजनीति मात्रै होइन, अध्ययन र अनुसन्धान पनि गरौं’
भक्तपुर : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले राजनीतिकर्मीले राजनीति मात्रै नगरेर अनुसन्धान पनि गर्नुपर्ने बताएका छन्।
भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले राजनीतिक क्षेत्रमा सफल हुन अरूको अनुभवबाट सिक्नुपर्ने बताए।
उनले राजनीतिमा सक्रिय हुने व्यक्तिले समाजका समस्या बुझ्न, वास्तविकता पहिचान गर्न र त्यसको समाधान खोज्न आफैँले अध्ययन तथा अनुसन्धान गर्नुपर्ने बताए।
बिजुक्छेले राजनीतिक कार्यकर्ताको मूल्याङ्कन पार्टीको सदस्यताका आधारमा मात्र नभई उसको अध्ययन, अनुभव, अनुसन्धान र व्यवहारमा देखिने कार्यक्षमताका आधारमा हुनुपर्नेमा जोड दिए।
कात्तिक ८, २०८३ आइतबार १९:५७:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।