सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ किनबेच?

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ किनबेच?

काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा तीन हजार रूपैयाँ बढेर दुई लाख ८१ हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ। 

आइतबार तोलामा ११ हजार सात सय रूपैयाँ घटेको सुन दुई लाख ७८ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो। 

यस्तै, सोमबार चाँदीको मूल्य पनि तोलामा ५५ रूपैयाँ बढेर तीन हजार नौ सय ९५ रूपैयाँ पुगेको छ।

आइतबार चाँदी तोलामा तीन हजार नौ सय ५५ रूपैयाँमा कारोबार भएको थियो। 

कात्तिक ९, २०८३ सोमबार ११:०५:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।