दशैंपछि तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुनको मूल्य, चाँदी पनि सस्तियो
काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ।
कात्तिक २ गते सोमबारको तुलनामा यसदिन सुनको मूल्य तोलामा ११ हजार सात सय रूपैयाँ घटेको हो। दशैंपछि आजै सुनको नयाँ मूल्य सार्वजनिक भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७८ हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ।
सोमबार सुन प्रतितोला दुई लाख ९० हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, आइतबार चाँदीको मूल्य पनि तोलामा दुई सय ३० रूपैयाँ घटेर तीन हजार नौ सय ५५ पाँच रूपैयाँमा किनबेच भइरहेको छ।
सोमबार चाँदी प्रतितोला चार हजार एक सय ८५ रूपैयाँमा कारोबार भएको थियो।
कात्तिक ८, २०८३ आइतबार ११:२८:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।