प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब नाघ्यो

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब नाघ्यो

काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको विपद् व्यवस्थापनका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषको विभिन्न बैङ्कका खातामा आज बिहान ९ बजेसम्म मौज्दात रकम १८ अर्ब नौ करोड ३२ लाख ३६ हजार ८५२ पुगेको छ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा वाणिज्य बैङ्कमा १३ अर्ब ४८ करोड चार लाख २९ हजार ६४ मौज्दात रहेको छ। त्यस्तै, हिमालयन बैङ्क तथा लक्ष्मी सनराइज बैङ्कमा तीन करोड चार लाख ९१ हजार ४४४ अमेरिकी डलर जम्मा भएको छ।

कात्तिक ९, २०८३ सोमबार १०:५२:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।