चिनिया नागरिक सकुशल भेटिएको सुरुङमा दुई वटा शव फेला पर्यो
काठमाडौं : एक चिनिया नागरिक सकुशल भेटिएको रसुवाको माथिल्लो त्रिशूली जलविद्युत् आयोजना-१ को सुरुङमा आइतबार दुई वटा शव फेला परेको छ। आइतबार खोजीकोक्रममा सुरुङभित्र दुई वटा शव फेला परेको हो।
शव फेला परे पनि उनीहरुको पहिचान भने हुन सकेको छैन। आइतबार खोजीमा खटिएको टोली सुरुङको भित्री भागसम्म पुगेका थिए। त्यही भागमा शव फेला परेको हो।
भोटेकोशीमा बाढी आएको १२ दिन पुग्दा १३ सय ४२ जनाको शव फेला परिसकेको छ। यसमा केवल ९८ शवको मात्र पहिचान भएको छ। सुरुङसहित जलविद्युत क्षेत्रबाट नौ सय बढी हराएकामा अहिलेसम्म तीन जनाको जीवित उद्धार भएको छ।
भदौ २१, २०८३ आइतबार २३:४२:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।