इलाममा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु
इलाम : इलामको देउमाई नगरपालिकामा आइतबार बिहान बोलेरो जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।
मृत्यु हुनेमा देउमाई नगरपालिका-१ चमैताका २१ वर्षीय विपिन दियाली रहेका छन्।
चमैतास्थित चौरीबजार जाँदै गरेको बोलेरो आफैँ अनियन्त्रित भई सडकबाट तल खसेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक (डीएसपी) लक्ष्मी भण्डारीले जानकारी दिए।
दुर्घटनाको कारणबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कात्तिक ९, २०८३ सोमबार ०९:४५:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।