भोटेकोशी बाढीको केन्द्र रसुवाका सिडओको दुई महिनामै सरुवा, नरेन्द्रको ठाउँमा लगियो कमल
काठमाडौं : भोटेकोशी बाढीको मुख्य केन्द्र रहेको रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारको सरुवा भएको छ। उनी दुई महिना अगाडि मात्रै रसुवाको प्रमुख जिल्ला अधिकारीमा सरुवा भएका थिए।
गृह मन्त्रालयले मन्त्रीस्तरिय निर्णय गरेर उनको सरुवा गर्दै राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक कमल प्रसाद पाण्डेलाई पठाएको छ। भदौ १० मा आएको बाढीमा सबैभन्दा धेरै रसुवामा क्षति पुगेको थियो। बाढीको उद्गमस्थल चीनसँग सीमा जोडिएको रसुवा नै हो।
परियारको सरुवाको कारण गृहमन्त्री सुधन गुरुङले प्रस्ट खुलाएका छैनन्।
भदौ २१, २०८३ आइतबार २०:१७:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।