भोटेकोशी बाढी पीडितको सहयोगमा डा रमेशसिंहको कन्सर्ट
काठमाडौं : शिक्षण अस्पताल महाराजगन्जका वरिष्ठ ग्यास्ट्रो सर्जन तथा कलेजो प्रत्यारोपण विशेषज्ञसमेत रहेका प्रा.डा रमेशसिंह भण्डारीले बाढीपीडितको सहयोगार्थ रकम जुटाउन शनिबार साँझ काठमाडौंको ठमेलस्थित क्लब नोभामा सांगितिक कन्सर्ट आयोजना गरे।
विपत्तिमा अहोरात्र खटिएका सेना, प्रहरी र उद्धारकर्ताको योगदान कदर गर्दै आयोजना गरिएको लाइभ कन्सर्टको नाम ‘धन्यवाद’ दिइएको थियो।
भण्डारीले कन्सर्टमा आफ्नै गीत र कभर गीतहरू गरी कुल २० गीतहरू गाएका थिए। कन्सर्टको टिकट बिक्रीबाट उठेको रकम सरकारको दैवी प्रकोप कोषमा जम्मा गरिने उनले बताए।
भदौ २१, २०८३ आइतबार १५:५७:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।