भोटेकोशी बाढी : शिक्षण अस्पताल ल्याइएका २४४ शवमध्ये २४ को पहिचान, १६१ को सुरक्षित व्यवस्थापन गरियो

भोटेकोशी बाढी : शिक्षण अस्पताल ल्याइएका २४४ शवमध्ये २४ को पहिचान, १६१ को सुरक्षित व्यवस्थापन गरियो

काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परेर ज्यान गुमाएकामध्ये २४४ जनाको जनाको शव त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको छ।

अस्पतालका फरेन्सिक ल्याब प्रमुख डा. गोपाल चौधरीले बाढीमा परेर ज्यान गुमाएकामध्ये २४४ शव शिक्षण अस्पतालमा ल्याइएको जानकारी दिए।

अस्पतालमा ल्याइएका २४४ शवमध्ये १६१ शवको अस्थायी व्यवस्थापन गरिएको छ। यस्तै, २४ शवको पहिचान भएकाले परिवार तथा आफन्तलाई जिम्मा लगाइसकिएको डा. चौधरीले बताए। 

यस्तै, हाल ५९ शवहरु अस्पतालमै रहेका छन्। केही शवहरुको पोस्टमार्टम गर्न बाँकी रहेकाले पोस्टमार्टमपछि उक्त शवको व्यवस्थापन गरिने अस्पतालले जनाएको छ। 

भदौ २१, २०८३ आइतबार १२:४२:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।