इटहरीमा जुवा तास खेलिरहेको अवस्थामा चार लाख नगदसहित आठ जना पक्राउ
सुनसरी : सुनसरीको इटहरी उपमहानगरपालिका–४ शान्तिचोकस्थित 'द इस्टन होटल'मा जुवातास खेलिरहेको अवस्थामा चार लाख ५६ हजार नगदसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ।
आइतबार साँझ जुवातास खेलिरहेको अवस्थामा प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए।
प्रहरीका अनुसार, पक्राउ पर्नेमा स्थानीय मोहन घिमिरे, मनोज राई, ईश्वर कार्की, टिकाराम गेलाल र जीवन अधिकारी, युवराज मगर, दुर्गाप्रसाद थापा र खगेन्द्र लिम्बू छन्। प्रहरीले उनीहरूका साथबाट नगदसहित जुवाखालमा प्रयोग भइरहेको सात बुङ ताससमेत बरामद गरेको छ। पक्राउ परेका आठै जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कात्तिक ९, २०८३ सोमबार १०:३०:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।