रसुवा बाढी : १ हजार २५२ शव फेला, ४ हजार २१६ जना सम्पर्कविहीन
काठमाडौं : रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बेपत्ता भएका मध्ये १ हजार २५२ जनाको शव फेला परेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा मध्याह्न १२ बजेसम्म प्राप्त विवरण अनुसार बाढीमा बेपत्ता भएका मध्ये उक्त संख्यामा १ हजार २५२ जनाको शव फेला परेको हो।
प्राधिकरणका अनुसार रसुवामा १२७, नुवाकोटमा १७७, धादिङमा ६०, गोरखामा ६९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१८, नवलपरासी पश्चिममा २०८ र चितवनमा ३५५ जनाको शव फेला परेको हो । जसमध्ये ९५ जनाको शवको पहिचान भइसकेको छ।
बाढीमा परी पाँच हजार १३५ जना घाइते भएका छन्।
प्राधिकरणका अनुसार बाढीमा परी अझै चार हजार २१६ जना सम्पर्कविहीन छन् भने हालसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको छ। उद्धार कार्यमा २१ हजार ४०२ जना सुरक्षाकर्मी परिचालन गरिएको छ।
भदौ १८, २०८३ बिहीबार १२:४०:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।