नागढुङ्गानजिकै सडक भासियो : ठूला सवारी साधन सुरुङमार्गबाट पठाइँदै, २ पाङ्ग्रे र ट्याङ्करलाई एकतर्फी अनुमति

नागढुङ्गानजिकै सडक भासियो : ठूला सवारी साधन सुरुङमार्गबाट पठाइँदै, २ पाङ्ग्रे र ट्याङ्करलाई एकतर्फी अनुमति

काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत नागढुंगा नजिकै पातले वनमा क्षेत्रमा आज बिहान सडकको केही भाग भासिएपछि सवारी आवागमन प्रभावित भएको छ।

आज बिहान सडकको केही भाग भासिएपछि हाल काठमाडौंबाट मुग्लिनतर्फ बाहिरिने सवारी साधनमध्ये पेट्रोलियम पदार्थ बोक्ने सवारीसाधन र दुईपांग्रे सवारीलाई मात्र सोही स्थानबाट एकतर्फी रूपमा आवतजावत गर्ने व्यवस्था मिलाइएको छ। अन्य सबै सवारीसाधनलाई भने नागढुंगा सुरुङमार्ग हुँदै पठाउने व्यवस्था गरिएको सडक विभागले जनाएको छ।

सडक भासिएको स्थानको स्थलगत निरीक्षण तथा आवश्यक प्राविधिक अध्ययनका लागि विभागको प्राविधिक टोली परिचालन गरिएको छ। अध्ययनपछि आवश्यक मर्मतसम्भार गरी यातायात सेवा चाँडै पूर्ण रूपमा सञ्चालनमा ल्याइने विभागले जनाएको छ।

भदौ १७, २०८३ बुधबार १२:३२:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।