रसुवाका बाढीपीडितलाई आश्मा केसी र नीति शाहद्वारा १५ लाखसम्मको राहत सहयोग
काठमाडौं : पूर्व मिस नेपाल आश्मा केसी र अभिनेत्री नीति शाहले रसुवाका बाढीपीडितका लागि ५१ वटा टेन्टसहित करिब १५ लाख रुपैयाँ बराबरको राहत सामग्री उपलब्ध गराएका छन्।
करिब १० लाख रुपैयाँ संकलन गरी पठाइएका ती ठूला टेन्टबाट घरबारविहीन भएका ५०० देखि ६०० जनाले तत्काल अस्थायी आश्रय पाउनेछन्।
टेन्टका साथै उनीहरूले प्रभावित क्षेत्रमा २०० कार्टुन चाउचाउ तथा अन्य अत्यावश्यक सामग्री वितरण गरेका छन्।
विपद्का कारण खुला आकाशमुनि बस्न बाध्य परिवारलाई तत्काल ओत र खाद्यान्नको आवश्यकता परेकाले आफूहरूले यो सहयोग जुटाएको उनीहरूले बताएका छन्।
भदौ १७, २०८३ बुधबार १०:१३:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।