प्रतिनिधिसभा बैठक आज, बाढीपहिरोको क्षतिबारे विशेष शोक प्रस्ताव पेस गरिने

प्रतिनिधिसभा बैठक आज, बाढीपहिरोको क्षतिबारे विशेष शोक प्रस्ताव पेस गरिने

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक सिंहदरबारस्थित संघीय संसद् भवनमा अपराह्न १ बजे बस्ने तय भएको छ।

आजको बैठकमा भोटेकोशीमा आएको बाढी र त्यसले पुर्याएको क्षतिका सम्बन्धमा ‘विशेष प्रस्ताव’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।

बाढीपहिरोका कारण स्वदेशी तथा विदेशी नागरिकले ज्यान गुमाउनुका साथै ठूलो मात्रामा जनधनको क्षति भएको घटनाप्रति बैठकले गहिरो दुःख प्रकट गर्नेछ।

साथै, विपद्‌मा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्ने, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्ने तथा विस्थापितहरूको तत्काल पुनर्स्थापना र राहतका विषयमा सभाको ध्यानाकर्षण गराउने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

भदौ १७, २०८३ बुधबार ०७:०२:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।