उपसभामुखको दाइ दिपकजंग सार्वजनिकै भए पनि प्रहरीले भेटेन, तीन महिनादेखि फरारको सूचीमा
काठमाडौं : दीपक जंग ठाकुर प्रहरीको फरार सूचीमा रहेको खुलेको छ। उनी विरुद्ध महिलाहरूलाई जिस्काउने, हैरान गर्ने, चरित्रहत्या गरेको भन्दै प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता भएको र अदालतबाट समेत पक्राउ अनुमती लिए पनि प्रहरीले पक्राउ गरेको छैन।
उच्च स्रोतबाट प्राप्त जानकारी अनुसार उनी विरुद्ध २०८३ असार २५ मा जाहेरी परेको थियो। तर उनी सार्वजनिकै रहे पनि प्रहरीले पक्राउ गरेको छैन। ठाकुर पहिला श्रम संस्कृति पार्टीमा आबद्ध थिए। पछिल्लो समय उनी उपसभामुखको सहयोगीको रूपमा सक्रिय छन्।
सामाजिक सञ्जालहरूमा सक्रिय रहेका उनी विरुद्ध प्रहरीले असार २५ मै अदालतबाट पक्राउ अनुमति लिएको उच्च स्रोतले उकेरालाई जानकारी दियो। तर पक्राउ गरेको छैन। उपसभामुख रुबी ठाकुरले उनलाई दाइ मान्दै रक्षा बन्धनको दिन राखी लगाइदिएको तस्बिर समेत सार्वजनिक भएको थियो। चार दिन अगाडि उपसभामुख ठाकुरले दीपकसँगको तस्बिर आफ्नो सामाजिक सञ्जालमा सार्वजनिक गरेकी थिइन्।
उनी श्रम संस्कृति पार्टीको मधेस ब्युरोका इन्चार्ज थिए। तर पार्टीले उनलाई कार्वाही गर्दै निलम्बन गरेको गरेको थियो। पछिल्लो समय जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठको परिवारका महिला सदस्यहरूप्रति आपत्तिजनक टिप्पणी गर्दै उनले फेसबुकमा भिडियो राखेका थिए।
भदौ १६, २०८३ मंगलबार २२:५९:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।