भोटेकोशी बाढीबारे विशेष प्रस्ताव पेस गर्न बुधबार प्रतिनिधिसभा बैठक बस्दै

भोटेकोशी बाढीबारे विशेष प्रस्ताव पेस गर्न बुधबार प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं : प्रतिनिधिसभाको बैठक भोलि दिउँसो १ बजे बस्ने भएको छ।

गत बुधबार रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सांसदहरू खोज, उद्धार तथा राहत कार्यमा खटिनुपर्ने भएकाले सोही दिन सूचना टाँस गरी स्थगित गरिएको बैठक पुनः बस्न लागेको हो।

सङ्घीय संसद् सचिवालयका अनुसार बैठकमा सभामुख डोलप्रसाद अर्यालले यही भदौ रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीबाट भएको अपूरणीय जनधनको क्षतिका बारेमा विशेष प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।  

बैठकमा संसद्मा प्रतिनिधित्व गरेका छ दलका प्रतिनिधिले आ-आफ्नो धारणा राख्ने कार्यसूची रहेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए।  
    
यसअघि यही भदौ १० गते सूचना टाँस गरेर प्रतिनिधिसभाको बैठक स्थगित गरिएको थियो।

भदौ १६, २०८३ मंगलबार १३:३५:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।