उदयपुरमा एक हजार १२२ किलो गाँजासहित तीन जना पक्राउ

उदयपुरमा एक हजार १२२ किलो गाँजासहित तीन जना पक्राउ

उदयपुर : उदयपुरको कटारी नगरपालिका–६ बाँकेटारबाट प्रहरीले एक हजार १२२ किलो गाँजासहित तीन जना पक्राउ गरेको छ। 

प्रहरीले शान्तिवन वन क्षेत्रबाट एक हजार १२२ दशमलव ६७ किलोग्राम गाँजा बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईंले जङ्गलमा लुकाइछिपाइ राखिएको अवस्थामा ५२ बोरा गाँजा बरामद गरिएको जानकारी दिए। 

प्रहरीले गाँजासहित ताप्ली गाउँपालिका–१ डाँडागाउँका  रामबहादुर मगर, नेकबहादुर मगर र  पृथ्वीराज मगरलाई पक्राउ गरेको हो। पक्राउ गरिएकालाई इलाका प्रहरी कार्यालय कटारीमा  राखेर थप अनुसन्धान भइरहेको छ।

गाँजा ओसारपसारमा प्रयोग भएको आशंकामा बा १६ च ५२६९ नम्बरको बोलेरो गाडीसमेत प्रहरीले नियन्त्रणमा लिएको छ।

भदौ १५, २०८३ सोमबार १५:२४:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।