रसुवा बाढी : हालसम्म ७६८ शव भेटिए, दुई हजार ७१५ जनाको उद्धार

रसुवा बाढी : हालसम्म ७६८ शव भेटिए, दुई हजार ७१५ जनाको उद्धार

काठमाडौं : रसुवाको भोटेकोशी नदीमा गत बुधबार आएको विनाशकारी बाढीमा परेर ज्यान गुमाएका ७६८ जनाको शव फेला परेको छ। 

नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो २ बजेसम्म ७६८ शव फेला परेका हुन्।

प्रहरीका अनुसार सबैभन्दा धेरै चितवनमा २६४ , पूर्वी नवलपरासीमा १९४, पश्चिम नवलपरासीमा १००, गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३७ र रसुवामा १३ शव भेटिएका छन्।

प्रहरीका अनुसार हालसम्म दुई हजार ७१५ जना घाइते तथा अन्य व्यक्तिको उद्धार गरिएको छ।

यस्तै, काठमाडौं उपत्यकाका विभिन्न अस्पतालबाट १६० जना घाइते उपचारपछि घर फर्किएका छन्।

भदौ १४, २०८३ आइतबार १५:२१:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।