त्रिवि शिक्षण अस्पतालमा ल्याइयो भोटेकोशी बाढीमा ज्यान गुमाएका ५९ जनाको शव
टिचिङ अस्पतालका भित्तामा टाँसिएका सम्पर्कविहीन व्यक्तिहरूका तस्बिर।
काठमाडौं : भोटेकोशी नदीमा गत बुधाबार गएको बाढीमा परेर ज्यान गुमाएकामध्ये ५९ जनाको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको छ।
अस्पतालका प्रवक्ता डा गोपाल सेढाईँले बाढीमा परेर ज्यान गएकामध्ये ५९ जनाको शव शिक्षण अस्पतालमा ल्याइएको जानकारी दिए।
उनका अनुसार अस्पतालमा ल्याइएका ती शवमध्ये ३२ जनाको शव परीक्षण भइसकेको र २७ जनाको शव परीक्षण गर्न बाँकी छ।
अस्पतालमा ल्याएका शवमध्ये आठ जनाको मात्र पहिचान भएको र बाँकी शव पहिचान हुन बाँकी रहेको अस्पतालले जनाएको छ।
भदौ १४, २०८३ आइतबार १४:०३:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।