बाढीपीडितलाई सहयोग गरेको देखाउन च्याट जिपिटीबाट नक्कली बैंक स्टेटमेन्ट बनाएर सामाजिक सञ्जालमा पोष्ट गर्ने पक्राउ
काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित भएकाहरूको सहयोगार्थ भनी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा नक्कली बैंक स्टेटमेन्ट तयार गर्ने एक व्यक्तिलाई पक्राउ परेका छन्।
रामेछापको गोकुलगंगा गाउँपालिका- २ का ३२ वर्षीय भगवान कार्कीले नक्कली बैंक स्टेटमेन्ट तयार गरेर सामाजिक सञ्जालमा पोष्ट गरेपछि उनी पक्राउ परेका हुन्।
प्रहरीका अनुसार कार्कीले बाढी प्रभावितलाई एक लाख २० हजार रुपैयाँ सहयोग गरेको भनी च्याट जिपिटीबाट नक्कली बैंक स्टेटमेन्ट तयार पारेका थिए। उक्त नक्कली स्टेटमेन्टमा उनले आफ्नो व्यक्तिगत खाताको क्युआर कोडसमेत समावेश गरेर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए।
त्यसपछि प्रहरीले कार्कीले नियन्त्रणमा लिएको थियो। जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कमल राउतका अनुसार पक्राउ परेका कार्कीमाथि थप अनुसन्धान भइरहेको छ।
भदौ १४, २०८३ आइतबार १३:५२:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।