एउटै भूगोल, फरक नियति: राज्यको नीतिले कसरी बदल्छ नागरिकको जीवन?
काठमाडौं : एकै भूगोल-एकै हावापानी तर त्यहाँ बस्ने नागरिकको नियति भने फरक। वारी र पारी बस्ने महिलाहरूको अधिकार पनि फरक। चीनका महिलाहरू विज्ञान र प्रविधिमा फड्को मार्दै गर्दा अफगानी महिला भने कक्षा ५ भन्दा माथि विद्यालय शिक्षा समेत लिनै नपाउने अवस्था।
राजनीतिक मामिलामा चीनमा कडा नीति भए पनि शिक्षा र अन्य विकासका आयाममा भने चीनले विश्व शक्ति राष्ट्रहरूलाई नै चुनौती दिइरहेको छ। तर आडैको अफगानिस्तान भने २ करोड महिलाको भविष्य अन्धकारमा धकेलिरहेको छ।
कसरी त ?
अफगानिस्तान र चीनबिच ९२ किलोमिटर सिमाना जोडिएको छ। अफगानिस्तानतर्फ बदखसान प्रान्त र चीनतर्फ सिन्जियाङ उइगुर स्वायत्त क्षेत्र जोडिन्छ। तालिबानलाई सखाप पार्ने भन्दै अफगानिस्तानमा लामो समय अमेरिकी सेना बसेको थियो। तर ५ वर्ष अघि तालिबान नै सत्तामा आयो। तालिबान सत्तामा फर्किए लगत्तै अफगानिस्तान निकै फेरियो।
तालिबान सत्तामा आउँदा चीनले स्वागत गरेको भन्दै आलोचना समेत भएको थियो। न्युयोर्क टाइम्सको २०२६ अगस्ट १९ मा एसियन इडिसनमा अफगानिस्तान र चीनबारे प्रकाशित दुई समाचारले घोत्लिन बाध्य बनाउँछ।
पहिलो समाचार आधारभूत अधिकारबाट वञ्चित अफगानी महिलाका बारेमा छ। दोस्रो समाचार चीनको महिला तथा पुरुष दुवै विद्यार्थीले विज्ञान तथा प्रविधिमा कसरी आफूलाई अब्बल पारेका छन् भन्ने कुरा प्रकाशित छ ।
एउटै भूगोल भए पनि राज्यले लिने नीतिले एक नागरिकको भविष्यमा कति प्रभाव पार्छ भन्ने गतिलो उदाहरण यी दुई समाचार हुन्।
पहिले यहाँ अफगानी महिलाहरूको अवस्थाबारे उल्लेख गरौँ, द न्युयोर्क टाइम्सको उक्त समाचार अनुसार तालिबानले पहिलोपटक सन् १९९० को दशकको अन्त्यतिर महिला र किशोरीमाथिका कठोर प्रतिबन्ध लागु गरेको थियो।
अफगानिस्तानमा महिला र किशोरीलाई लक्षित गर्दै १ सय ६० भन्दा बढी आदेश र निर्देशिकाहरू जारी भए। ती आदेशले उनीहरूलाई माध्यमिक तथा उच्च शिक्षा लिनबाट रोक्नुका साथै रोजगारी, आवतजावत, पोसाक, अभिव्यक्ति र निर्णय गर्ने अधिकारमा समेत प्रतिबन्ध लगायो।
संयुक्त राष्ट्रसंघीय निकायले गत वर्ष र यसै वसन्तमा ग्रामीण तथा शहरी समुदायका करिब ५ हजार अफगानी नागरिकसँग तालिबान शासनअन्तर्गतको जीवनबारे सर्वेक्षण गरेको थियो। महिला र पुरुष दुबैसँग प्रश्न गरिएको थियो। दुवै समूहका उत्तरमा केही समानता देखिए तर लैङ्गिक आधारमा ठूलो भिन्नता पनि देखियो।
सर्वेक्षणमा सहभागी धेरै अफगान नागरिकले पछिल्ला वर्षहरूमा आफ्नो जीवन जुन दिशामा अघि बढेको छ, त्यसप्रति निराशा व्यक्त गरेका थिए। तर महिलाले आफूमा देखिएको एक्लोपन र मानसिक तनावले मानसिक स्वास्थ्य संकटको संकेत गरेको संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनमा उल्लेख छ।
सन् २०२१ अगस्टअघि आफ्नो जीवन जस्तो हुने अपेक्षा थियो त्यसको तुलनामा अहिले जीवन खराब भएको बताउने पुरुषको संख्या करिब ५५ प्रतिशत थियो। महिलामा भने यस्तो धारणा राख्नेको संख्या ६५ प्रतिशत थियो।
तर उनीहरूको निराशाको कारण फरक थियो। पुरुषहरूले मुख्यतः आर्थिक अवसरको अभावका कारण निराशा थिए। महिलाले आफ्ना वा आफ्ना छोराछोरीका लागि शिक्षामा घट्दो पहुँच, साथै महिलाको रोजगारी र जीवनमा लगाइएका प्रतिबन्धलाई निराशाको प्रमुख कारण देखाए।
युनेस्कोले जारी गरेको वक्तव्यमा, “शिक्षाविनै किशोरीहरूको नयाँ पुस्ता हुर्किँदै जाँदा उनीहरूको भविष्य झन् अन्धकारमय बन्दै गएको” लेखेको छ। उसले अफगान किशोरी र महिलाको शिक्षाको अधिकार पूर्ण रूपमा पुनः स्थापित गर्न आह्वान समेत गरेको छ।
समाचारमा अहमदीले आफ्नो विश्लेषणमा तालिबानका प्रत्येक आदेशपछाडि एउटा मानवीय कथा लुकेको बताएकी छन्- कुनै विश्वविद्यालयकी छात्राले आफ्ना किताब थन्क्याइरहेकी हुन सक्छिन्, कुनै शिक्षिकालाई आफूले माया गरेको पेसाबाट निकालिएको हुन सक्छ, कुनै न्यायाधीश लुकेर बस्न बाध्य भएकी हुन सक्छिन्, कुनै चिकित्सकलाई बिरामीको उपचार गर्न रोकिएको हुन सक्छ, कुनै महिला उद्यमीले आफ्नो व्यवसाय बन्द गरेकी हुन सक्छिन्, वा कुनै सानी बालिकाले आफ्ना आमाबुबालाई “म अब किन पढ्न पाउँदिनँ, जबकि मेरो भाइ स्वतन्त्र रूपमा विद्यालय जान्छ?” भनेर सोधिरहेकी हुन सक्छिन्।
अहमदी लेख्छिन्, “आज अफगानिस्तानसामु रहेको सबैभन्दा ठूलो खतरा २ करोड महिला तथा किशोरी सार्वजनिक जीवनबाट मेटिँदै जानु मात्र होइन। संसार बिस्तारै यस अवस्थासँग अभ्यस्त हुँदै जानु खतरा हो।”
तर चीनमा भने अवस्था निकै फरक छ
केही समय अघिसम्म वैज्ञानिक र प्राविधिक क्षेत्रको उत्कृष्टतामा अमेरिका पहिलो नम्बरमा आउँथ्यो। तर, अब सधैँ अमेरिका नै पहिलो नम्बरमा टिकिरहला भन्ने प्रश्न उठ्न थालेको छ। यसको कारण हो पछिल्लो समय चीनले वैज्ञानिक र प्राविधिक क्षेत्रमा बढाइरहेको लगानी।
वैज्ञानिक अविस्कारमा अझै पनि अमेरिका विश्वकै प्रमुख देश भए पनि, अनुसन्धानको बजेट कटौती, आप्रवासनसम्बन्धी कडा नीतिहरू र चिनियाँ मूलका वैज्ञानिकप्रतिको शंकाले उसको यो अग्रता कमजोर बनाइरहेको छ। यही समयमा चीन विश्वसनीय विकल्पका रूपमा उभिन थालेको छ।
न्युयोर्क टाइम्सको समाचार अनुसार दुवै देशको आकर्षण पछिल्ला केही महिनामा भएका दुई घटनाबाट देख्न सकिन्छ। गणित क्षेत्रको सर्वोच्च सम्मानमध्ये एक फिल्ड्स मेडल यस वर्ष पाउने चार जनामध्ये चीनमा जन्मिएका दुई जना वैज्ञानिक थिए, उनीहरू उच्च अध्ययनका लागि अमेरिका आएका थिए। उनीहरूले पश्चिमी शैक्षिक वातावरणमा उत्कृष्टता हासिल गरे र अहिले पनि त्यहीँ कार्यरत छन्।
तर झिलिन याङको कथा फरक छ। धेरै चिनियाँ विद्यार्थीझैँ उनी पनि स्नातकोत्तर अध्ययनका लागि अमेरिका आएका थिए। तर त्यहीँ बस्नुको सट्टा उनी चीन फर्किए र मुनसट एआई स्थापना गरे। जुलाईमा उनको कम्पनीले किमी केर्थी नामक प्रभावशाली एआइको खुला-स्रोत मोडल सार्वजनिक गर्यो, जसले अमेरिकामा बनेका उत्कृष्ट मोडलहरूको कार्यक्षमतासँग लगभग प्रतिस्पर्धा गर्ने बताइएको छ।
सन् २०१९ मा कार्नेगी मेलन विश्वविद्यालयबाट पिएचडी गर्दा याङसँग अमेरिकामै बस्ने प्रशस्त अवसर थिए। तर उनले आफ्ना पिएचडी शोध निर्देशक तथा कम्प्युटर विज्ञानका प्राध्यापक रुस्लान सालाखुद्दिनोभलाई आफू चीनमै कम्पनी स्थापना गर्न दृढ रहेको बताएका थिए।
चीन विदेशमा रहेका शैक्षिक वैज्ञानिकहरूलाई आकर्षित गर्न पहिलेभन्दा सफल हुँदै गएको छ। गत वर्ष रसायनशास्त्रको नोबेल पुरस्कार संयुक्त रूपमा जितेका ओमर याघीले क्यालिफोर्निया विश्वविद्यालय, बर्कले छाडेर बेइजिङस्थित छिङह्वा विश्वविद्यालय रोजेका छन्। त्यहाँ उनले नयाँ सामग्रीको खोजीलाई तीव्र बनाउन एआई प्रयोग गर्ने एउटा संस्थाको नेतृत्व गरेका छन्।
गत वर्षदेखि मुख्यभूमी चीन र हङकङका विश्वविद्यालयहरूले पश्चिमी संस्थाहरूमा कार्यरत कम्तीमा आठ जना प्रतिष्ठित गणितज्ञलाई आकर्षित गरिसकेका छन्। यस वर्ष फिल्ड्स मेडल विजेता होङ वाङसँग सहकार्य गरेका जोशुआ जालले नानकाई विश्वविद्यालयमा पूर्णकालीन प्राध्यापकको जिम्मेवारी सम्हालेका छन्।
अब्बल महिलाहरू!
चीनमा राजनीतिक स्वतन्त्रतामा कडा नीति भए पनि अध्ययन अनुसन्धानमा महिला र पुरुषलाई फरक शिक्षा छैन। मुख्य भूमि चीनबाट वैज्ञानिक विधामा नोबेल पुरस्कार पाउने वैज्ञानिकको संख्या लामो समयसम्म अत्यन्त न्यून थियो। तु युयु त्यहाँ कार्यरत रहेर वैज्ञानिक विधामा नोबेल पुरस्कार पाउने एक मात्र वैज्ञानिक थिइन्। चीनले अहिले भने विश्वस्तरीय वैज्ञानिकहरूलाई आकर्षित गर्न थालेको छ। यो महत्वपूर्ण पक्ष हो।
चिनियाँ विज्ञान तथा प्रविधि नीतिकी अनुसन्धानकर्ता डोङ जिएलिनले न्युयोर्क टाइम्ससँग चीनको वैज्ञानिक प्रतिभा आकर्षित गर्ने क्षमतामा आएको सबैभन्दा ठूलो परिवर्तनको कारण पैसा भएको बताएकी छिन्।
उनका अनुसार दुई दशकअघि विदेशबाट फर्किने वैज्ञानिकहरूले देशको सेवा गर्ने नाममा आर्थिक अवसर त्याग गर्नुपर्ने अपेक्षा गरिन्थ्यो। अहिले भने चिनियाँ विश्वविद्यालयहरूले युरोपका विश्वविद्यालयसँग प्रतिस्पर्धा गर्न सक्ने तलब र आकर्षक सुविधासमेत दिन सक्छन्।
यद्यपि यस वर्ष फिल्ड्स मेडल विजेताहरूको घोषणा भएपछि चिनियाँ सञ्चारमाध्यम र सामाजिक सञ्जालमा एउटा महत्वपूर्ण प्रश्न उठ्न थालेको छ, के चीनको शैक्षिक प्रणालीले युवा तथा अझै प्रमाणित नभएका अनुसन्धानकर्तालाई असाधारण प्रतिभामा विकसित हुन आवश्यक स्वतन्त्रता, समय र असफलतालाई सहने वातावरण दिन सक्छ?
३५ वर्षीया होङ वाङ १६ वर्षकै उमेरमा पेकिङ विश्वविद्यालयमा पृथ्वी तथा अन्तरिक्ष विज्ञान अध्ययन गर्न भर्ना भएकी थिइन्। एक वर्षपछि उनी गणिततर्फ लागिन्। उनी फ्रान्सस्थित एकोल पोलिटेक्निक गइन्। त्यसपछि एमआईटीमा थप स्नातकोत्तर अध्ययन गरिन्। अहिले उनी न्यूयोर्क विश्वविद्यालय र फ्रान्समा प्राध्यापक छिन्।
फिल्ड्स मेडल घोषणा भएपछि सिमन्स फाउन्डेसनले सार्वजनिक गरेको भिडियोमा उनले आफू केही हतोत्साहित भएको महसुस गरे पनि फ्रान्स र अमेरिकामा आफूलाई आत्मविश्वास हासिल गर्न सहयोग गर्ने प्राध्यापकहरू भेटेको बताएकी थिइन्।
वाङले पेकिङ विश्वविद्यालयको आलोचना गरेकी थिइनन्। तर “हतोत्साहित” भन्ने अभिव्यक्ति चीनमा चर्चित भयो। अत्यन्त प्रतिस्पर्धात्मक चिनियाँ शिक्षा प्रणालीमा दण्ड र लज्जाबोधको संस्कृति भोगेका धेरै मानिसहरूले यसलाई आफ्नै अनुभवसँग जोडेर हेरे।
सन् २०२३ मा अमेरिकी विश्वविद्यालयहरूले प्रदान गरेका एसटीईएम विषयका पिएचडीमध्ये झन्डै ४४ प्रतिशत विदेशी विद्यार्थीले पाएका थिए। त्यसमध्ये १७ प्रतिशत चिनिया थिए।
अब चीनले प्रतिष्ठित वैज्ञानिकहरूलाई आकर्षित गर्ने पैसा र पूर्वाधारमा अमेरिकासँग प्रतिस्पर्धा गर्न सक्छ। तर युवा प्रतिभालाई फस्टाउन आवश्यक स्वतन्त्रता, विश्वास र संस्थागत स्थायित्व पुनः सिर्जना गर्न उसलाई अझै कठिन भइरहेको न्युयोर्क टाइम्सले लेखेको छ।

के राज्यको नीतिले देश फेल हुन्छ!
सिमाना जोडिएका देशको फरक अवस्था पढ्दै गर्दा जो-कोहीलाई याद आउने कुरा सन् २०१२ प्रकाशित अर्थशास्त्री डारोन एसेमोग्लु, राजनीतिशास्त्री तथा अर्थशास्त्री जेम्स ए. रोबिन्सनको पुस्तक “ह्यवाइ नेशन फेल” पुस्तक हो। पुस्तकले सुरुमै,मेक्सिको र उस्तै भूगोल भएका संयुक्त राज्य अमेरिकाको शहरहरूको उदाहरण दिँदै राज्यले लिने नीतिले नागरिकको जीवनमा कसरी प्रभाव पार्छ भन्ने कुरा देखाउँछ।
जसमा लेखिएको छ, नोगालेस शहर एउटा बारले दुई भागमा विभाजित छ। बारको उत्तरतर्फ हेरियो भने एरिजोना राज्यको सान्ताक्रुज काउन्टीमा पर्ने नोगालेस, एरिजोना देखिन्छ । त्यहाँ औसत परिवारको वार्षिक आम्दानी करिब ३० हजार अमेरिकी डलर छ। अधिकांश किशोरकिशोरी विद्यालय जान्छन् र अधिकांश वयस्कले माध्यमिक तहको शिक्षा पूरा गरेका छन्।
अमेरिकाको स्वास्थ्य सेवा प्रणालीमा अनेक कमजोरी रहेको तर्क गरिए पनि यहाँका मानिसहरू तुलनात्मक रूपमा स्वस्थ छन् र विश्वस्तरको हिसाबले उनीहरूको औसत आयु उच्च छ। धेरै बासिन्दा ६५ वर्षभन्दा माथिका छन् र मेडिकेयरको सुविधा पाउँछन्।
यो सरकारले उपलब्ध गराउने धेरै सेवामध्ये एउटा मात्र हो, जसलाई अधिकांश मानिसले स्वाभाविक रूपमा लिन्छन्। जस्तै विद्युत्, टेलिफोन, ढल निकास प्रणाली, सार्वजनिक स्वास्थ्य सेवा, अन्य शहर तथा अमेरिकाका बाँकी भागसँग जोड्ने सडक सञ्जाल र सबैभन्दा महत्वपूर्ण, कानुन तथा शान्ति र सुरक्षा।
नोगालेस, एरिजोनाका मानिसहरू आफ्नो दैनिक कामकाज आफ्नो जीवन वा सुरक्षाको चिन्ता नगरी गर्न सक्छन्। चोरी, सम्पत्ति खोसिन सक्ने वा आफ्नो व्यवसाय तथा घरमा गरेको लगानी जोखिममा पर्न सक्ने अन्य खतराबारे उनीहरू निरन्तर डराइरहनुपर्दैन।
त्यसभन्दा पनि महत्वपूर्ण कुरा, नोगालेस, एरिजोनाका बासिन्दाहरू उसका कमजोरी र कहिलेकाहीँ हुने भ्रष्टाचारपछि पनि सरकारलाई आफ्नो प्रतिनिधि र सेवक संस्थाका रूपमा लिन्छन्। उनीहरूले आफ्नो मेयर, कांग्रेस सदस्य र सिनेटरलाई मतदानमार्फत हटाउन सक्छन्। राष्ट्रपतीय निर्वाचनमा मतदान गरेर देशको नेतृत्व गर्ने व्यक्ति छनोट गर्छन्। लोकतन्त्र उनीहरूको जीवनको स्वाभाविक हिस्सा हो।
बारको दक्षिणतर्फको जीवन निकै फरक छ। बारको दक्षिणमा रहेको नोगालेस, सोनोरा, मेक्सिकोको तुलनात्मक रूपमा समृद्ध क्षेत्रमा पर्छ। तर त्यहाँको औसत परिवारको आम्दानी नोगालेस, एरिजोनाको तुलनामा करिब एक तिहाइ मात्र छ।
नोगालेस, सोनोराका अधिकांश वयस्कले माध्यमिक तहको शिक्षा पूरा गरेका छैनन् र धेरै किशोर किशोरी विद्यालय जाँदैनन्। आमाहरूले उच्च शिशु मृत्युदरको चिन्ता गर्नुपर्छ। कमजोर सार्वजनिक स्वास्थ्य अवस्थाका कारण नोगालेस, सोनोराका बासिन्दाहरू आफ्ना उत्तरी छिमेकीजति लामो समय बाँच्न नसक्नु आश्चर्यको कुरा होइन। उनीहरूले धेरै सार्वजनिक सुविधासमेत पाउँदैनन्।
बारको दक्षिणतर्फ सडकहरू खराब अवस्थामा छन्। कानुन तथा शान्ति–सुरक्षाको अवस्था झन् खराब छ। अपराध उच्च छ र व्यवसाय सुरु गर्नु जोखिमपूर्ण काम हो। व्यवसाय खोल्दा चोरीको जोखिम मात्र होइन, आवश्यक अनुमति लिन र विभिन्न ठाउँमा घुस खुवाउनुपर्ने समस्या पनि छ। नोगालेस, सोनोराका बासिन्दाहरूले राजनीतिज्ञहरूको भ्रष्टाचार र अयोग्यताको सामना दैनिक रूपमा गर्नुपर्छ।
उत्तरी छिमेकीको तुलनामा उनीहरूका लागि लोकतन्त्र पनि नयाँ अनुभव हो। सन् २००० को राजनीतिक सुधारअघि नोगालेस, सोनोरा मात्र होइन, मेक्सिकोको ठूलो हिस्सा नै भ्रष्ट राजनीतिकको नियन्त्रणमा रहेको थियो।
एउटै शहरका दुई भाग किन यति फरक त ?
लेखकद्वय लेख्छन्- भूगोल फरक छैन। जलवायु फरक छैन। यस क्षेत्रमा पाइने रोगका प्रकार पनि फरक छैनन्। आखिर अमेरिका र मेक्सिकोबीच सीमा भए पनि रोगका जीवाणुले सीमा पार गर्न कुनै प्रतिबन्ध मान्दैनन्।
स्वास्थ्य अवस्था दुईतर्फ निकै फरक छ। तर त्यसको कारण रोगको वातावरण होइन। कारण हो, सीमाको दक्षिणतर्फका मानिसहरूमा रहेको कमजोर सरसफाइ र गुणस्तरीय स्वास्थ्य सेवाको अभाव।
तर सीमाको दुवैतर्फका मानिसहरूको पृष्ठभूमि धेरै हदसम्म समान छ।
सन् १८२१ मा मेक्सिको स्पेनबाट स्वतन्त्र भएपछि, “Los dos Nogales” अर्थात् “दुई नोगालेस” वरपरको क्षेत्र मेक्सिकोको 'भिएहा क्यालिफोर्निया' राज्यको हिस्सा बनेको थियो। पछि, सन् १८४६ देखि १८४८ सम्म भएको मेक्सिकन-अमेरिकी युद्धपछि पनि यो क्षेत्र मेक्सिकोकै अधीनमा रहिरह्यो।
नोगालेस, एरिजोना र नोगालेस, सोनोराका बासिन्दाहरूका साझा पुर्खा छन्, उनीहरू एउटै खाना खान्छन्, एउटै संगीत मन पराउँछन् र भन्नैपर्दा एउटै संस्कृति साझा गर्छन्। तर यी दुई भागबीचको अन्तरको एउटा अत्यन्त सरल र स्पष्ट व्याख्या छ, दुई भागलाई छुट्याउने सीमा।
अमेरिका किन अगाडि बढ्यो?
अब अर्को महत्वपूर्ण प्रश्न आउँछ, संयुक्त राज्य अमेरिकाका संस्थाहरू मेक्सिको वा समग्र ल्याटिन अमेरिकाका संस्थाभन्दा आर्थिक सफलताका लागि किन बढी अनुकूल भए?
किनभने, एउटै शहर, दुई देश र दुई फरक जीवन। अमेरिकाको एरिजोनास्थित नोगालेस र मेक्सिकोको सोनोरास्थित नोगालेसबीचको दूरी केही फिटको मात्र भए पनि अवस्था भिन्न हुनुको कारण भूगोल वा मानिसको क्षमता होइन, दुवै देशमा विकसित फरक राजनीतिक तथा आर्थिक संस्था हुन्।
अमेरिकातर्फ नागरिकलाई सम्पत्ति राख्ने, व्यवसाय गर्ने, शिक्षा र रोजगारीको अवसर खोज्ने तथा निर्वाचनमार्फत सरकारलाई जवाफदेही बनाउने संस्थागत व्यवस्था तुलनात्मक रूपमा बलियो छ। मेक्सिकोमा लामो समयसम्म सत्ता र स्रोतसाधन सीमित समूहमा केन्द्रित गर्ने औपनिवेशिक तथा राजनीतिक संरचनाको प्रभाव रह्यो। कमजोर कानुन कार्यान्वयन, भ्रष्टाचार र सीमित राजनीतिक प्रतिस्पर्धाले आर्थिक अवसर र सार्वजनिक सेवामा समेत असर पार्यो।
त्यसैले नोगालेसको उदाहरणले एउटा महत्वपूर्ण प्रश्न उठाउँछ, देशको समृद्धि मानिस वा प्राकृतिक स्रोतमा मात्र निर्भर हुन्छ कि त्यहाँका संस्था कस्ता छन् भन्ने कुराले पनि निर्धारण गर्छ? यस उदाहरणले देखाउँछ, नागरिकलाई अवसर, अधिकार, सुरक्षा र जवाफदेही शासन दिने संस्थाले आर्थिक विकासलाई गति दिन सक्छन् तर स्रोत र शक्ति सीमित समूहमा केन्द्रित गर्ने संस्थाले विकासको सम्भावना रोक्न सक्छन्।
लेखकद्वयले भने जस्तै, देशले लिने नीतिले नागरिकको जीवनस्तरमा प्रभाव पार्छ। यता सिमाना जोडिएका अफगानिस्तान र चीनमा पनि भएको त्यही हो। अफगानिस्तानका किशोरीहरू विद्यालय जान पाइरहेका छैनन्। उता चीनका महिलाहरूले नोबेल पुरस्कार पाएका छन्।

भदौ ३, २०८३ बुधबार १९:४१:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।