याङ्गो डेलिभरीद्वारा उत्कृष्ट कुरियर पार्टनर सम्मानित

याङ्गो डेलिभरीद्वारा उत्कृष्ट कुरियर पार्टनर सम्मानित

काठमाडौं : डेलिभरी नेटवर्कलाई सुदृढ बनाउने र सेवाको गुणस्तर बढाउने उद्देश्यले याङ्गो डेलिभरीले उत्कृष्ट प्रदर्शन गर्ने कुरियर पार्टनरहरूलाई सम्मान गरेको छ। 

काठमाडौंमा आयोजित एक कार्यक्रममा उक्त सम्मान प्रदान गरिएको हो। कार्यक्रममा उत्कृष्ट काम गर्ने पार्टनरहरूलाई स्मार्टफोन र स्मार्टवाच प्रदान गरिएको थियो। यस्तै, अन्य पार्टनरहरूलाई दैनिक कार्यमा सहजताका लागि थर्मोब्याग वितरण गरिएको छ। 

याङ्गो नेपालका कन्ट्री म्यानेजर सन्तोष पाण्डेका अनुसार कम्पनीले स्थानीय साझेदारहरूसँग मिलेर डेलिभरी तथा राइड-हेलिङ पार्टनरका लागि आम्दानीको अवसर सिर्जना गरिरहेको छ। 

याङ्गो प्रो प्लेटफर्ममार्फत पार्टनरहरूले एउटै एपबाट ट्याक्सी र डेलिभरी दुवैको अर्डर लिन सक्ने र यसमा नयाँ पार्टनरका लागि सेल्फ-रजिस्ट्रेसन सुविधा समेत रहेको कम्पनीले जनाएको छ।

जेठ १४, २०८३ बिहीबार १९:००:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।