डिशहोम इन्टरनेटको ब्रान्ड एम्बेसेडरमा अभिनेत्री दिव्या नै निरन्तर

डिशहोम इन्टरनेटको ब्रान्ड एम्बेसेडरमा अभिनेत्री दिव्या नै निरन्तर

काठमाडौं : डिशहोम इन्टरनेटले अभिनेत्री दिव्या रायमाझीसँगको ब्रान्ड एम्बेसेडर सहकार्यलाई निरन्तरता दिएको छ। ललितपुरको भैँसेपाटीस्थित कम्पनीको कर्पोरेट कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा सम्झौता नवीकरण गरिएको हो।

नवीकरण सम्झौतामा डिशहोमका प्रमुख कार्यकारी अधिकृत प्रसन्न पोखरेल र अभिनेत्री रायमाझीले हस्ताक्षर गरे। डिशहोम इन्टरनेटले डिजिटल कनेक्टिभिटी र आधुनिक जीवनशैलीलाई प्राथमिकता दिँदै युवा पुस्तासँगको सम्बन्ध बलियो बनाउन रायमाझीसँगको सहकार्यलाई निरन्तरता दिएको जनाएको छ।

डिशहोमका अनुसार नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने लोकप्रिय व्यक्तित्व भएकाले उनलाई नै ब्रान्ड एम्बेसेडरमा दोहोर्याइएको हो। आगामी दिनमा कम्पनीका डिजिटल अभियान र ग्राहक केन्द्रित सेवाहरूमा रायमाझीको संलग्नता रहने डिशहोमले उल्लेख गरेको छ।

अभिनेत्री रायमाझीले डिशहोमसँगको सहकार्यले आफूलाई डिजिटल प्रयोगकर्ता र दर्शकहरूसँग थप नजिक ल्याउने विश्वास व्यक्त गरिन्। डिशहोमले हाल देशभर इन्टरनेट र डिजिटल टेलिभिजन सेवा प्रदान गर्दै आएको छ।

जेठ १४, २०८३ बिहीबार १८:०२:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।